भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा हुने

काठमाण्डौ,२६ कार्तिक ।
सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी सो दिन किजा पूजाका लागि सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

नेवाः समूदायले काग तिहार र कुकुर तिहारसँगै लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् ।

You might also like