कलंकीमा दुई वटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु,१ जना घाइते

 

काठमाडौं,२७ कार्तिक ।
काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख,प्रहरी नायव उपरिक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो ।

उनीहरुको कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाउको छ । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय विजय तामाङ घाइते भएका छन् । उनको उपचार जारी छ ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

You might also like