मन्त्री परिषदले गरेको पुस्तक आयातमा १० प्रतिशत भन्सार छुट दिने व्यवस्था खारेज गर्न उद्योग संघको माग

बुटवल २७ कार्तिक
नेपाल सरकारद्वारा चालु आर्थिक वर्षको बजेट बक्तब्य मार्फत विदेशमा छपाई गरी नेपाल भित्र आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल हटाएको प्रति रुपन्देही उद्योग संघले आपत्ति जनाएको छ ।
मन्त्री परिषद्को यही कार्तिक २४ गते बसेको बैठकले १० प्रतिशत भन्सार महसुल हटाएकोले स्वदेशमा मुद्रणका लागि आयात हुने कच्चा पदार्थमा भन्सार महशुल १५ प्रतिशत र भ्याट १३ प्रतिशत गरी २८ प्रतिशत कर लाग्ने व्यवस्थाले नेपाली मुद्रण उद्योगीहरुलाई थप समस्यामा पारेको ठहर गरेको छ ।
संघका अध्यक्ष बावुराम वोहोरा र महासचिव जीवकान्त्त काफलेद्धारा जारी विज्ञप्तिमा नेपाली मुद्रण उद्योगीहरुलाई प्रतिस्पर्धी बन्न,स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्न र स्वदेशमा नै रोजगार सृजना गर्न असहज हुनेहुँदा नेपाली उद्योगलाई टेवा पु¥याउने उद्देश्यले चालु बजेट मा गरिएको १० प्रतिशत भन्सार महशुलको व्यवस्था कायम राख्न माग गरेको छ ।
नेपालमा निजी लगानीमा स्थापित मुद्रण उद्योगहरु नेपाल भित्र आवश्यक पर्ने सम्पूर्ण मुद्रित सामाग्रीहरु तोकिएको गुणस्तर र समयमा उत्पादन गर्न सक्ने हैसियत राख्दछन् । यसरी विना अध्ययन एकल निर्णय गरिनुले सिमित व्यक्तिको स्वार्थ सिद्ध भए पनि स्वदेशी लगानी, रोजगारी र राज्यको अर्थतन्त्रमा ठूलो नोक्सान पुग्ने संघले उल्लेख कगरेको छ ।
विदेशमा मुद्रण गरी आयात गरिने पाठ्य पुस्तकमा भन्सार छुट गर्ने र सोही बस्तु उत्पादनमा प्रयोग प्रयोग गरिने कच्चा पदार्थहरु आपूर्तिहरु १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लगाउने व्यवस्थाले नेपाली उद्योग क्षेत्र र स्वयं राज्यलाई समेत अरबौं नोक्सानी हुने हुँदा मन्त्री परिषद्को निर्णय तत्काल सच्चाउन माग पनि गरिएको छ ।

You might also like