प्रचण्ड फकाउन वादलको चलखेल , नारायण काजीलाई च्यापेकोमा असन्तुष्टी

 

काठमाडौं २७ कार्तिक
नेकपाका बहुमत सचिवालय सदस्यहरूको धुम्बाराहीमा भएको छलफलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमति लिएर बिहीबार सचिवालयको औपचारिक बैठक बोलाउने प्रस्ताव गरेकै समयमा महासचिव बिष्णु पौडेलले शुक्रवारका लागि सचिवालयको वैठक बोलाउनु भएको छ ।
धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगी ओलीलाई भेटेर विहिबार बैठक बोलाउन सहमति मागे तर, ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक बस्नु उपयुक्त नहुने भन्ने जवाफ दिएपछि प्रचण्डले धुम्बाराहीमा आएर आफ्ना समूहसँग ओलीले बैठक राख्न नमानेको ब्रिफिङ गर्नु भयो । तर बुधबार पूर्व माओवादी समूहका तर्फबाट गृहमन्त्रालय सम्हालिरहेका रामबहादुर थापा एक्लै खुमलटार पुगेर ओलीसँगै सहकार्य गरेर जान सुझाव दिनु भयो ।
एक हप्ता भित्रै खुमलटार पुगेका वादलले माधव नेपाल वा अन्य नेताहरुसँग मिलेर जाँदा तत्कालै खास उपलब्धी नहुने र त्यसले पूर्व माओवादी समूहलाई हानी मात्रै हुने भएकाले तत्काल ओलीसँगै मिलेर जान सुझाव दिनु भएको छ । ‘वादलजी प्रचण्डकोमा पुग्नु भएको रहेछ उहाँले तत्काल ओलीसँग मिलेर जाँदा नै राम्रो हुने सुझाव दिनु भएको हो’, खुमलटार निकट एक स्थायी कमिटी सदस्यले भन्नु भयो । प्रचण्डले अहिले पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठलाई मात्रै बोकेको वादल समूहलाई मन नपरिरहेका बेला उहाँले दुई अध्यक्ष मिलाउने कोसिस गरिरहेका स्रोतको दावी छ ।

You might also like