नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडमा ३ वर्ष देखिको लगानीकर्ता बिच रहेको बैमनस्यता छताछुल्य

बुटवल २७ कार्तिक
उर्जा क्षेत्रमा कामगर्ने चिरपरिचित संस्था नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडमा विगत ३ वर्षदेखि लगानीकर्ताहरुबिच रहेको बैमनस्यता छताछुल्य ।
बैमनस्यता समाप्त संगै नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले आर्थिक वर्ष २०७४र७५ देखि रोकिएको वार्षिक साधारण सभा विहिवार सम्पन्न गरेको छ । लगानीकर्ताहरु बिच उत्पन्न विबाद हुँदा ३ वर्षदेखि साधारण सभासमेत रोकिएको थियो ।
सबैभन्दा ठुलो लगानीकर्ता बुटवल पावर कम्पनीले संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिव समेतलाई विपक्षी बनाइ २०७५ भदौ २० गते कम्पनी ऐन बमोजिम सजाय गरी पाउँ भनि अदालतमा उजुरिपत्र र मुद्धा दायर गरेकाले साधारण सभा रोकिएको थियो ।
उक्त विबादका सम्बन्धमा दुबै पक्षविच २०७६ साल पुस १६ गते अदालतमा मिलापत्र भएको थियो । मिलापत्र र कम्पनीको आन्तरिक लेखा परिक्षण पछि गत कात्र्तिक १६ गतेलाई साधारण सभाको मिति तोकिएको थियो ।
५१दशमलव ३ प्रतिशत शेयर रहेको बुटवल पावर कम्पनी साधारण सभामा सहभागि नभएपछि गणपुरक संख्या नपुगेको भन्दै कम्पनी ऐनको दफा ७३ अनुसार कम्पनी सचिव होम बहादुर राउतले साधारण सभा स्थगीत भएको घोषणा गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७४र७५ को साधारण सभा भएपनि २०७५।७६ र २०७६।७७ को साधारण सभा हुन बाँकी छ । ती साधारण सभाको लागि विहिवारको साधारण सभाले अन्तिम लेखापरिक्षक नियुक्त गरेको छ ।
लेखापरिक्षण सकिएपछि बाँकी दुबै साधारण सभा एकैपटक गरिने लिमिटेडका अध्यक्ष रत्न संसार श्रेष्ठले बताउनु भयो । साधारण सभाले बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन पारित गरेको छ ।
नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा बुटवल पावर कम्पनीको ५१दशमलव ३ प्रतिशत, विटीआईको १ प्रतिशत हिमाल हाईड्रोको पुगनपुग १ प्रतिशत र आईक्यानको ४७ प्रतिशत शेयर रहेको छ ।
मुद्दा फिर्ता लिदा गरिएका सहमतिलाई नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलका अध्यक्ष र सियो लगायतले लत्याएका,े सहमतिलाई व्यवहारमा पालना नगरि एकलौटी तवरले काम गरेको बुटवल पावर कम्पनीका संस्थापक अध्यक्ष तथा कम्पनीको तर्फवाट नेपाल हाईड्रोमा संचालक समितिमा रहनु भएका विजय बहादुर श्रेष्ठले बताउदै आउनु भएको थियोे ।
कम्पनीमा भारती नागरिकलाई सियो बनाएर अध्यक्ष रत्न संसार श्रेष्ठले नर्वेजियनलाई खुशि वनाउने,अरु लगानी कर्तालाई पेलेर जाने हरकत गरेकाले विगतमा समस्या भएको अर्का संचालक दिनेश हुमागाईले बताउनुभयो । साधारण सभामा विटीआईवाट सुमन वस्नेत र अभिमुन्यु पन्थी, हिमाल हाईड्रोवाट पुजा दाहाल र संचालकहरु दीपक कुमार अग्रवाल प्रमुख कार्यकारी अधिकृत राजेश अग्रवाल कम्पनी सचिव होम बहादुर राउतको सहभागिता रहेको थियो ।
यद्यपी बुटवल पावर कम्पनीवाट प्रतिनिधीत्व गर्नुहुनेहरुले नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलाई धरासायी बनाउने षडयन्त्र गरेकोले कहिले मुद्दा हाल्ने, अनी साधारण सभामा समेत उपस्थित नभएर गणपुरक संख्या नै नपुराउने लगायतका आरोप लगाउदै आएका थिए ।
लगानी कर्ता बीच देखिएको बैमनस्यताले उर्जा क्षेत्रमा कामगर्ने संस्था विगत ३ वर्ष देखि घाटामा संचालन हुदै आएकोे छ । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडलमा १४० जना कर्मचारी कार्यरत रहेका छन भने १३ करोड ९५ लाख कुल पुजी रहेको छ ।

You might also like