थप १ हजार ९ सय १३ जनामा संक्रमण,२ हजार ३४९ डिस्चार्ज

बुटवल,२७ कार्तिक ।
नेपालमा बिहीबार थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७ सय ५९ महिला र १ हजार १ सय ५४ पुरुष गरी १ हजार ९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २ हजार ३ सय ४९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १ हजार १ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर देशभर ३८ हजार ४ सय ६१ जना संक्रिय संक्रिमित रहेका छन् ।

उनीहरुमध्ये २९ हजार ३ सय ८४ होम आइसोलेसनमा छन् भने ३ सय ७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।

कहाँ कति जनामा संक्रमण ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका ७ सय ६४ जना, ललितपुरका १ सय २६ र भक्तपुरका ८३ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०÷५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९÷३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४÷१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२÷१२ जना, धादिङका ११ र बाग्लुङका १० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक र बझाङका ९÷९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८÷८ जना, सप्तरी र प्युठानका ६÷६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५÷५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४÷४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३÷३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २÷२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १÷१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

You might also like