रुपन्देहीको रोहिणी गाउँपालिकाद्धारा ५० प्रतिशत अनुदानमा गुँहको विउ बितरण

भैरहवा २७ कार्तिक
रोहिणी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका किसानहरुका लागी अनुदानमा गँहु बितरण सुरु गरेको छ । बजार मूल्य भन्दा ५० प्रतिशत कममा गँहु बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गँहु छर्ने मौषम रहेकोले गाउँपालिकाको किसानहरुको सहजताको लागी अनुदानमा बिउ उपलब्ध गराएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनु भयो । उहाँले किसानको लागी सम्बन्धित वडामै बिउ उपलब्ध गराउने गरि गाउँपालिकाले तयारी गरेको बताउनु भयो ।
तत्कालको लागी एक वडामा १ सय बोरा गँहुको बिउ उपलब्ध गराईएको उहाँले बताउनु भयो ।
माग अनुसारमा गँहु बजारमा नपाईएको बताउदै उहाँले गँहु पाईए लगत्तै यो थप बिउ बितरण गर्ने जनाएको छ ।
बजार मूल्य भन्दा आधा मूल्यमै गँहु पाए पछि किसानहरु पनि दंग परेका छन् । बजारमा २ हजार ६ प्रतिबोरा पर्ने बिउ गाउँपालिकाले १ हजार ३ सय रुपैया लिई रहेको छ । १ हजार ३ सयमा आफ्नै गाउँमा बिउ पाए पछि कृषकहरु पनि हर्षित भएका छन् । उनिहरुले बिउ जस्तै मल पनि वडाबाट बितरण हुन सके खेती झन फष्टाउने प्रतिक्रिया दिनु भयो ।
पहिलो दिन रोहिणी गाउँपालिका वडा नम्बर २ मा १ सय बोरा बिउ बितरण गरिएको २ नम्बर वडाका वडा अध्यक्ष सरोज कुमार पाण्डेले बताउनु भयो । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले चालु आर्थिक बर्षको लागी २० लाख रुपैयाको बिउबिजन खरिद गर्ने योजना रहेको बताउनु भयो ।

 

You might also like