भाईको सम्झनामा जापानमा रहेकी मिनाको ‘ रुदोहो मन ’ देउसी भैलो बजारमा

बुटवल २८ कार्तिक
पछिल्लो समय नेपाली सांङ्गेतिक बजारमा माया प्रेमका योग र वियोगका गीतहरुले बजार लिई रहेको छ ।
प्रेम गर्ने युगल जोडीहरु संग सम्बन्धित गीतहरुका बिचमा दिपावली लक्षित गरी दिदिभाई विचको प्रेम प्रसङ्गलाई मुख्य केन्द्रमा राखी देउँसी भैलो गीत सार्वजनिक भएका छन ।
४ वर्ष अघि सडक दुर्घटनामा मृत्यु भएपछि उनै भाईको सम्झनामा गुल्मी जिल्ला घमिर घर भएका यम बहादुर खड्काकी छोरी मिना खड्काले देउसी भैलो गीत रुदोहो मन मार्फत आफ्नो बेदना पोखेकी छन् । उनी भन्छिन् ,“ म बिदेशमा भएको बेला भाईलाई दुर्घटनामा गुमाउन पर्दाको पीडा असह्य हँुदो रहेछ , त्यही पीडालाई गीतमा देखाउन खोजेको छु ।” गुल्मीमा जन्म लिएर हाल खड्का जापानमा चिकित्सकको अध्ययन गर्दै छिन् । उनले हातमा भाईको मुहारको ट्याटु खोपेर त्यसैलाई हेरेर परदेशमा भाईको नियास्रो मेटाउने असफल प्रयास गर्छिन । जया देवकोटा ,सिता केसी , हरि विमर्षि , मदन केसी र सोभा केसीको आवाजमा रहेको गीतका प्रत्येक अंशहरुले दिदीको भाईप्रतिको मायालाई देखाउछ । यस देउसी भैलो गीत सार्वजनिक भएको एक सातामै चर्चा कमाउन सफल भएको छ ।

You might also like