प्रदेश योजना आयोगद्धारा “प्रदेश रोजगार पोर्टल” सञ्चालन

बुटवल,२८ कार्तिक ।
लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश रोजगार पोर्टल सञ्चालनमा ल्याएको छ ।

सूचना तथा संचार प्रबिधि प्रतिष्ठानको सहयोगमा सञ्चालनमा ल्याइएको प्रदेश रोजगार पोर्टलको बिहिबार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले सुभारम्भ गरेको प्रदेश योजना आयोगले जनाएको छ ।

प्रदेश योजना आयोगले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश रोजगार पोर्टल सञ्चालनमा ल्याइएको जानकारी गराएको हो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले पोर्टलले रोजगारदाता र श्रमिकबीच पूलको काम गर्ने बताए ।

मन्त्री केसीले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगार गुमाएका श्रमिकलाईरो जगारीमा जोड्न र कामदारको अभाव भोगेका रोजगारदाता उद्योगहरुलाई कामदार उपलब्ध गराउन पोर्टलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिस्वास व्यक्त गरे ।

पोर्टललाई व्यवस्थित र व्यवहारीक बनाउन सके रोजगारीको माग र कामदार आपूर्तीबीच सन्तुलन कायम भई रोजगारदाता र श्रमिक दुबै पक्षलाई फाइदा पुग्ने बताउदै मन्त्री केसीले यसको उपयोगिताबारे व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.इश्वर गौतम कोभिड–१९ का कारण बिदेशमा रोजगारी गुमाएर नेपाल फर्कीएका नेपाली श्रमिक र नेपालमै रोजगारी गुमाएका श्रमिकहरुलाई रोजगारी प्रदान गर्ने उद्यस्यले प्रदेश सरकारले रोजगार पार्टलको अवधारणा अगाडी सारेको बताउद पोर्टलको उपयोग गरी लाभ लिन उद्योगि–व्यवसायी तथा श्रमिकहरुलाई आग्रह गरे ।

You might also like