नेपालमा थप २ हजार १११ जनामा कोरोना संक्रमण, ३ हजार ५३७ डिस्चार्ज
बुटवल,२७ कार्तिक ।
नेपालमा शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म १ लाख ६८ हजार १ सय २९ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय २ पुगेको छ ।
हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्।