ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरे ः प्रचण्ड

काठमाडौं,२९ कार्तिक ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

पार्टीको सचिवालय बैठकमा भिन्दै राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका हुन् ।

प्रतिवेदनमा उनले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । जसमा प्रचण्डले भ्रष्टचारीलाई प्रधानमन्त्री ओलीले नै संरक्षण गरेको पार्टी एकताको मर्मविपरीत काम गरेको लगायतका आरोप लगाएका छन् ।

विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि यसपालि दाहालले एक्लै प्रतिवेदन पेश गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकमा दाहालले भिन्दै प्रतिवेदन पेश गरेका हुन् ।

You might also like