नेपाल बङ्गलादेशसँग २–० ले पराजित

काठमाण्डौं,२९ कार्तिक ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । शुक्रबार बङ्गलादेशको ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्यो । उसका लागि खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गरे ।

नेपालले अब बङ्गलादेशसँग आउँदो मङ्गलबार दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार प्रतियोगिता खेलेको हो । नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसँत फुटबल खेलेको थियो । नेपाल त्यो खेलमा कुवेतसँत १–० गोलले पराजित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण गत वर्षको नोभेम्बरयता नेपालले कुनै पनि प्रतियोगिता खेलेको थिएन । नेपालले महामारीकै बीच नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

 

You might also like