प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा ः मुख्यमन्त्री पोखरेल

प्रचण्ड दोस्रो दर्जाको अध्यक्ष ?
बुटवल, २९ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् ।
उनले प्रस्ताव फिर्ता लिन अध्यक्ष प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलको टिप्पणी छ ।

शनिबार बिहान सामाजिक फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि सिंगो पार्टी पंक्तिले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति गरिरहेको जनाएका हुन् ।

मुख्यमन्त्री पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रथम अध्यक्षको संज्ञा दिएका छन् ।
पोखरेलले कार्यकारी अध्यक्ष रहेका प्रचण्डलाई पार्टीको द्धितिय अध्यक्ष भएको संकेत गरेका छन् ।

प्रधानमन्त्री ओलीका विस्वास पात्रको रुपमा चिनिएका पोखरेलले ओलीलाई प्रथम अध्यक्षको संज्ञा दिएपछि पार्टीमा कार्यकारी अध्यक्ष प्रचण्डको हैसियत दोस्रो दर्जाको अध्यक्ष हो ? भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

You might also like