नेपालमा १ हजार ९४६ जनामा कोरोना संक्रमण, २ हजार ५०३ जना डिस्चार्ज

बुटवल,२९ कार्तिक ।
नेपालमा शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ७ सय ५३ नमुना परीक्षण गर्दा ८ सय १६ महिला र १ हजार १ सय ३० पुरुष गरी १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।
हाल देशभर ३६ हजार ४ सय ५२ संक्रिय संक्रमित छन् ।

संक्रमितहरुमध्ये २७ हजार ७ सय २० जना होम आइसोलेसनमा छन् भने ३ सय ७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यस्तै गएको २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय १५ पुगेको छ ।

हाल देशभर १ हजार ५७ जना क्वारेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

You might also like