भैरहवामा एक कोरोना संक्रमितको मृत्यु

बुटवल,३० कार्तिक ।
रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुष रहेका छन् ।

कात्तिक २५ गते कोरोना पुष्टि भएका उनको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको सूचना अधिकारी पोख्रेलले बताए ।

उनमा उच्च रक्तचाप, प्रोस्टेट र मुटुरोगको समस्या रहेको अस्पतालले जनाएको छ ।

You might also like