बुटवलमा आगलागी हुदा ५० लाखको क्षती

बुटवल ३० कार्तिक
रुपन्देही बुटवल उपमहानगरपालिका ४ पाल्पा बसपार्क स्थित सुदा टेडिङ सेन्टरमा आगलागी हुदा ५० लाख बढीको क्षती भएको छ ।
सन्तोष कुमार शाह को रंग पसलमा आईतवार विहान करेन्ट सट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पसलमा लागेको आगो प्रहरी ,स्थानियबासी र बुटवल उ.म.न.पा को दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

You might also like