बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु
बुटवल,३० कार्तिक ।
बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कन्चनपुर, बेलौरी नगरपालिका २ का ३२ वर्षीय र कैलाली भजनी नगरपालिका ८ का ६५ वर्षीय पुरुष रहेका छन् ।
कार्तिक २६ गते कोरोना पुष्टि भएका कञ्चनपुरका पुरुषको बाँके स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको भएको ।
उनमा दीर्घ रोग केही भएको पनि मेडिकल कलेजले जनाएको छ ।
त्यसैगरी, कैलालीका ६५ वर्षीय पुरुषको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा गएराति साढे १० बजे मृत्यु भएको हो ।
कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएका उनमा क्षयरोग र मधुमेह जस्ता दीर्घरोग रहेको भेरी अस्पतालले जनाएको छ ।