थप १४७७ जनामा कोरोना संक्रमण, २ हजार ७९८ डिस्चार्ज

बुटवल,३० कार्तिक ।
नेपालमा आइतबार थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ७६ जनाको पिसीआर परीक्षण गर्दा १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ७३ हजार ४ सय ३० जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । देशभर १ हजार २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

You might also like