ट्रकको ठक्करबाट दाङमा एक महिलाको मृत्यु

दाङ,३० कार्तिक ।
ट्रकको ठक्करबाट दाङको देउखुरीमा एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिएर भागेको ट्रकलाई लमही–९ रिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

महिलाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

You might also like