नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण, २ हजार ९३४ जना डिस्चार्ज
बुटवल,१ मंसिर ।
नेपालमा सामेमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ८ सय ३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म १ लाख ७६ हजार ३६४ जना निको भएर घर फर्कीएका छन् । ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हालसम्म १६ लाख १३ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल देशभर १ हजार १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ३३ हजार ३ सय ७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।