नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री

काठमाण्डौ,१ मंसिर ।
नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।

उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री बनाउने सम्भावना रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

You might also like