नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै, जित्नै पर्ने दबाबमा नेपाल

काठमाण्डौ,२ मंसिर ।
आज नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हुँदैछ । बङ्गलादेशको ढाकामा स्थित बङ्गबन्धु रङ्गशाला आज बेलुकी पौने ५ बजे नेपाल र बङ्गलादेशबीचको खेल हुनेछ ।

मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । मङ्गलबारको खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

पाँच वर्षपछि पहिलो पटक बङ्गलादेशसँग पराजित भएको नेपालले यो खेलमा कम्तीमा २–० गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी शूटआउटबाट तय हुनेछ । उपाधिको लागि यो खेल जित्नैपर्ने दबाबमा रहेको भन्दै नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर बङ्गलादेशसँगको खेलका लागि टिम तयार रहेको बताएका छन् ।

अभ्यासका लागि पर्याप्त समय नपाएको र नयाँ खेलाडी हुनुले पनि बङ्गलादेशसँगको पहिलो खेल हारेको भन्दै महर्जनले दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।

You might also like