भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु
बुटवल,२ मंसिर ।
रुपन्देहीको भैरहवामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष रहेका छन् ।
उनको भैरहवा स्थित भीम अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोख्रेलले जानकारी दिए ।
गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनलाई सोमबार राति हृदयघात भएको थियो ।
हृदयघातपछि थप उचारको तयारी गर्दागर्दै उनको मृत्यु भएको डा. पोख्रेलले बताए ।