बाँकेमा थप एक जना कोरोना संक्रमित बृद्धको मृत्यु

नेपालगन्ज,२ मंसिर ।
बाँकेमा थप एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका –१५ का ७५ वर्षीय पुरुष रहेका छन् ।
उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो

कार्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

You might also like