कोरोना भाइरस बारे रिपोर्टिङ गर्दा चिनियाँ पत्रकारलाई जेल सजाय

काठमाण्डौ,२ मंसिर ।
वुहान शहरमा कोरोना भाइरसको प्रकोपको बिषयमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको सार्वजनिक भएको छ ।

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झान ‘पहिले वकालत गनर्’े लाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ ।

वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।

भाइरसलाई लिएर वुहानको रिर्पोटिङ गर्दा समस्यामा परेकी झाङ्ग पहिलो नागरिक ‘पत्रकार’ होइनन् ।

फेब्रुअरीमा कम्तीमा तीन जना हराएका थिए । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो ।

बेपत्ता हुनेमा दोस्रो व्यक्ति चेन क्विशी हुन्, जसलाई सरकारको निरीक्षणमा राखिएको बताइएको छ भने अर्का पत्रकार फाङ्ग बिन, जसको बारेमा अझै पत्तो छैन ।

चिनियाँ अधिकारीहरु अभियानकर्मीहरुलाई दबाउन जान्नेका रुपमा चिनिन्छन् ।

भर्खरै सार्वजनिक भएको एक अभियोग पत्रका अनुसार झाङ्ग गएको फेब्रुअरीमा वुहानका लागि प्रस्थान गरिन्, जहाँ उनले धेरै विषयमा रिपोर्टिङ गरिन् ।

चिनियाँ मानव अधिकार रक्षकहरुको नेटवर्क ‘सीएचआरडी’ का अनुसार रिपोर्टमा अन्य स्वतन्त्र पत्रकारहरु नजरबन्दमा परेको र पीडित परिवारहरुको उत्पीडन पनि समावेश छ ।

तर गएको १५ मा उनी वुहानबाट हराइरहेको सीएचआरडीले बताएको छ ।

उनलाई ६ सय किमि टाढा संघाईमा प्रहरीले हिरासतमा लिएको थाहा भएको थियो ।

गएको जुन १९ मा उनी संघाईमा पक्राउ परिन् । त्यसको झण्डै तीन महिनापछि उनलाई सेप्टेम्बर ९ मा आफ्नो वकिलसँग भेट्न दिइयो ।

आफूलाई पक्राउ गरिएको विरोधमा झाङ्गले भोक हड्ताल गरेको सीएचआरडीले जनाएको छ । १८ सेप्टेम्बरमा उनका वकिललाई एक फोन आएको थियो, जसमा झाङ्गलाई आरोप लगाइएको थियो । गएको शुक्रबार उनलाई औपचारिक रुपमा आरोप लगाइएको थियो ।
एजेन्सी

You might also like