वित्तिय क्षेत्रका अनुभवी पौडेलको निधन

बुटवल २ मंसिर
तत्कालिन पश्चिमाञ्चल फाईनान्सको प्रमुख कार्यकारी अधिकृत भै लामो समय काम गर्नु भएका तिर्थ पौडेलको निधन भएको छ ।
पौडेलको मंसिर १ गते सोमवार बिहान उपचारको क्रममा काठमाण्डौमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
मधुमेह उच्च रक्तचाप तथा स्वास प्रस्वास संबन्धी समस्या देखिएका पौडेलको लामो समयदेखि पाल्पाको प्रवास स्थित लुम्विनी मेडिकल कलेजमा उपचार भई रहेकोमा थप उपचारको लागि शनिवार काठमाण्डौ लगिएको थियो ।
बैक तथा वित्तिय क्षेत्रमा लामो अनुभव भएका पौडेल सबैसंग मिल्न सरल स्वाभावका हुनु हुन्थ्यो ।
पश्चिमाञ्चल फाईनान्स कम्पनीलाई कुमारी बैंक संग मर्ज गरेपछि पौडेलले बित्तिय क्षेत्रवाट बिदालिनु भएको हो ।
पाल्पाको पूर्वखोला गाउपालिका द्धारीगौडाका स्थायी बासिन्दा पौडेलका एक श्रीमती दुई छोरी र एक छोरा रहेका छन ।

You might also like