प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं,३ मंसिर ।
प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा (नेकपा) अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ ।

नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढेको हो ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग उनले मंगलबार राति भेटवार्ता गरेकी हुन् । समाचार स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म भेटवार्ता चलेको थियो ।

राजदूत यान्छीले यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन भूमिका खेलेको बताइन्छ ।

गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

नेकपा अहिले फेरि चर्किएको विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा व्याख्या गरेका छन् ।

You might also like