पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा,३ मंसिर ।
पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेका छन् ।

ना ८ ख ७९०५ नम्बरको टिपर निस्दी, भुटुकेको चुनढुंगा खानीबाट चुनढुंगा लिएर सर्दीतर्फ जाँदै गर्दा ओरालोमा दुर्घटना भएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।

अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like