रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल,३ मंसिर ।
रुपन्देहीमा बुधबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुष रहेका छन् ।

उनको बुटवल स्थित कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

गत कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना भएका उनको बुधबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा अधिक तौल (एक सय केजी) को समस्या रहेको डा. गौतमले बताए ।

You might also like