पाल्पाका एक कोरोना संक्रमितको भैरहवामा मृत्यु
पाल्पा,३ मंसिर ।
पाल्पाका एक कोरोना भाइरस संक्रमित महिलाको रुपन्देहीको भैरहवामा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिला रहेकी छन् ।
उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालयका पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
उनमा लामो समयदेखि दम रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।
यससँगै पाल्पा जिल्लामा हालसम्म १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।