बुटवलमा रोल्पाकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु
बुटवल,३ मंसिर ।
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पाकी ७७ वर्षीया वृद्धा रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
उनको उपचारका क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले बताए ।
१६ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको गौतमले बताए ।