गुल्मी जिल्लाकै विकास प्रेमी नेता वैकुण्ठबहादुरको निधन

बुटवल ३ मंसिर
गुल्मी जिल्लाकै विकास प्रेमी नेता वैकुण्ठबहादुर चन्दको निधन भएको छ ।
गुल्मी मदाने गाउँपालिका १ अग्लुङ्ग निवासी गुल्मी जिल्लाका पूर्व सभापति, रापंस. (सांसद) चन्दको मृगौला रोगका कारण ललितपुरको निदान अस्पत्तालमा ८७ बर्षको उम्मेरमा बुधवार विहान निधन भएको हो ।
उहाँको विहिवार काठमाडौंको पशुपतिको आर्यघाटमा अन्तिम दाह संस्कार गरिने परिवारले जनाएको छ । चन्दका छोराहरु भरत बहादुरचन्द्र र त्रिविक्रम चन्द्र राप्रपाका केन्द्रिय सदस्य हुनु हुन्छ भने डां राजेन्द्र वोहोरा चन्द्र डब्लुएचओमा बंगलादेशमा कार्यरत हुनु हुन्छ । अर्को छोरा स्व. सुशिल चन्द हुनु हुन्थ्यो ।

You might also like