थप १ हजार ४४२ जनामा कोरोना संक्रमण, ३ हजार ५३८ डिस्चार्ज

काठमाडौं,३ मंसिर ।
नेपालमा बुधबार थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ७ सय ३१ जनाको पिसीआर परीक्षण गर्दा ९ सय ८ पुरुष र ५ सय ३४ जना महिला गरी १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म १ लाख ८२ हजार ७ सय ८० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २८ हजार ८ सय ७८ सक्रिय संक्रमितको रहेका छन् । नेपालमा हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like