रुपन्देहीमा बुधबार एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,३ मंसिर ।
रुपन्देहीमा बुधबार एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल र भैरहवाका अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको बुटवलका एक सहित पाल्पा,कपिलवस्तु,अर्घाखाँची र रोल्पा जिल्लाका रहेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको बुटवल स्थित कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाकी ५१ वर्षीया महिलाको रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।

त्यस्तै नेपाल बार एशोसिएसन जिल्ला इकाईका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको पनि उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमै मृत्यु भएको हो ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय पुरुषको पनि आजै भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

त्यसैगरी रोल्पाकी ७७ वर्षीया वृद्धाको पनि आज बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ ।

उनको उपचारका क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

You might also like