बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल, ४ मंसिर ।
बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुष रहेका छन् ।
उनको बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पताल उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २ सय ४० पुगेको छ ।

You might also like