‘विप्लव’ नेतृत्वको नेकपाका पाल्पा इन्चार्ज सिंह सहित बुटवलबाट दुई जना पक्राउ

बुटवल, ४ मंसिर ।
विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला इन्चार्ज सिंहसगै नेकपाका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको छ ।

सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह सहित दुई जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ ।

पक्राउ परेका शाही अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष समेत रहेको जनाइएको छ ।

You might also like