दाङका थप दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज,४ मंसिर ।
बाँकेमा दाङका दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र तुलसीपुर–६ बरुवागाउँका ८१ वर्षीय पुरुष रहेका छन् ।

५६ बर्षिय पुरुषको बिहान २ः२० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुर र बरुवागाउँका ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहान साढे ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यससंगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

You might also like