नेपालमा थप २ हजार १०३ जनामा संक्रमण, २ हजार ८५८ जना डिस्चार्ज

बुटवल,४ मंसिर ।
नेपालमा बिहीबार थप २ हजार १सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ८ सय ५ नमुना परीक्षण गर्दा २ हजार १सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ३८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १ हजार २ सय ७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर २८ हजार १ सय ६ सक्रिय संक्रमित रहेका छन् ।

You might also like