विवाह घरबाट फर्किएको गाडी दुर्घटना हुँदा भारतमा १४ जनाको ज्यान गयो
काठमाण्डौ,५ मंसिर ।
भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको ज्यान गएको हो ।
विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै दुर्घटना स्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ ।
चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको छ ।
दुर्घटनाग्रस्त जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको जनाइएको छ । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।