नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा

काठमाडौं ५ मंसिर
नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को शुक्रवार सरुवा गरिएको छ । गृह मन्त्रालयले निकालेको सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंहलाई सरुवा गरिएको छ ।
श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।
ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ । महानगरीय ट्रापिलक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आउनु भएको ।
यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा लगिएको छ ।लुम्बिनी प्रदेश प्रहरी तालिकेन्द्र बुटवलमा रामदत्त जोशी र संघिय प्रहरी ईकाई कार्यालय रुपन्देहीमा सुशिल कुमार यादवको सरुवा भएको छ ।

You might also like