पोखरामा १२ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

पोखरा, ५ मंसिर ।
पोखरामा १२ घण्टामा ७ जना कोरोना भाइरस (कोभिड(१९) को संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका–१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनमा आजै कोरोना संक्रमण पुष्टि हो ।

पोखरा महानगरपालिका–१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया समेत देखिएको थियो ।
उनमा पनि शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका–८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा मिर्गौलासम्बन्धी रोग र निमोनिया समेत देखिएको अस्पतालले जनाएको छ ।

पोखरा महानगरपालिका–२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई पनि ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै तनहुँ म्याग्दे गाउँपालिका ४, का ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

You might also like