थप १९४५ जनामा कोरोना संक्रमण, ५३६४ जना डिस्चार्ज
बुटवल,५ मंसिर ।
नेपालमा शुक्रबार थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ३ सय ४० नमुना परीक्षण गर्दा १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म १ लाख ९१ हजार २ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
हाल देशभर २४ हजार ६ सय ६५ संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४ सय ३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १ हजार २ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।