बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
बुटवल,५ मंसिर ।
रुपन्देहीको बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना रुपन्देही र एक जना गुल्मीका रहेका छन् ।
उनिहरुको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका–१ का ६६ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।
कार्तिक २ मा कोरोना संक्रमण पुष्टि भएका तिलोत्तमाका पुरुष र सोही दिन अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनी मुटु, दम र मधुमेहका दीर्घरोगी रहेका डा. गौतमले बताए ।
कार्तिक २७ मा कोरोना संक्रमण पुष्टि भएका गुल्मीका पुरुष २८ गते अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.५० मा मृत्यु भएको डा. गौतमले बताए ।