नेपालगञ्ज म्याराथनको उपाधि पार्कीलाई, टोकियो ओलम्पिकमा छनोट

0

काठमाण्डौ,६ मंसिर ।
छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले हात पारेका छन् ।

शनिबार बिहान भएको म्याराथनमा उनले उपाधि जितेका हुन् ।
उपाधीसँगै उनी अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । बिभागिय टोली त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद सागका ५ हजार मिटर दौडका स्वर्ण विजेतासमेत रहेका गोपीचन्द्र पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरे ।

दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । उपाधिसँगै पार्कीले ७५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

Leave A Reply

Your email address will not be published.