हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी

0

हेटौँडा ६ मंसिर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

आज बिहान उद्योगको कोइला च्याम्बरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपूरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताए ।

विद्युत् प्रवाह चुहावट भई उद्योगमा आगलागी भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।

स्थानीयवासी, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.