नेपालको भूमि मिचेको भन्दै माइतीघरमा चीन बिरुद्ध प्रदर्शन

काठमाडौं,६ मंसिर ।
चीनले नेपालको भूमि मिचेको भन्दै युवाहरुको एक समूहले राजधानी काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन् ।

युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लेखेका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा ’प्लाकार्ड’ बोकेका प्रदर्शनकारीहरुले चीनले नेपालको भूभाग हडपेको आरोप लगाउँदै फिर्ता गर्न माग गरे ।

प्रदर्शनमा सहभागी युवाहरूले नेपालकमो उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताए ।

You might also like