प्यूठानमा घुम्न गएका युवकको लडेर मृत्यु

प्यूठान,७ मंसिर ।
प्यूठानको पर्यटकीय स्थल झुलेनी घुमेर फर्किने क्रममा एक युवकको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्यूठान नगरपालिका–२ काठेबराका अन्दाजी २२ वर्षीय राहुल घर्ती रहेका छन् ।
शनिबार बिहान गाउँका ५÷७ जना साथीहरुसँगै घुम्न गएका उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झुलेनीबाट फर्कने क्रममा प्यूठान नगरपालिका–४ भित्रीकोटस्थित रक्तेपोखरी नजिक बिजुवार–भित्रीकोट सडक डिलबाट लडेका घर्तीको शव झन्डै १ सय ५० मिटर तल सल्लाघारीमा फेला परेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो ।

You might also like