दाङका दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल,७ मंसिर ।
दाङका थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका घोराहीका पुरुष २७ गते अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मंसिर ४ गते अस्पताल भर्ना भएका तुलसीपुरका पुरुष ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताउनुभयो । मृतक दुवै जनामा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

You might also like