नेपालमा थप १ हजार ६ सय ६९ मा संक्रमण, ५ हजार ६ सय ९९ डिस्चार्ज

बुटवल,७ मंसिर ।
नेपालमा आइतबार थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा जम्मा ८ हजार ३२ नमुना परीक्षण गर्दा १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

हालसम्म नेपालमा १ लाख ९९ हजार २४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर हाल १९ हजार ९ सय ६३ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म १ हजार ३ सय २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार पुष्टि भएका संक्रमितमध्ये ९ सय ५७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

You might also like