टिपरको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु

बुटवल,७ मंसिर ।
टिप्परको ठक्करबाट बुटवलमा एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाँउपालिका ३ का मानबहादुर सोती रहेका छन् ।

आइतबार दिउसो ३ः३० बजे टिप्परको ठक्करबाट गम्भीर घाईते भएका सोतीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवलको राजमार्ग चौराहाबाट बसपार्क तर्फ आउदै गरेको लु ११ प ४२१६ नम्बरको मोटरसाईललाई सोहि दिशाबाट आउँदै गरेको लु २ ख १९०५ नम्बरको टिप्परले बसपार्क नजिकै ठक्कर दिँदा सोती गम्भीर घाईते भएका थिए ।

ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

You might also like